१३ जना फिल्मीकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र
नेपाल सरकारले १३ जना फिल्मीकर्मीलाई आज परिचय पत्र वितरण गरेको छ । सूचना तथा संचार मन्त्रालयमा आयोजित कार्यक्रममा संचार मन्त्री शेरधन राइले १३ जना पाका फिल्मीकर्मीलाई ‘विशिष्ट श्रेणीको परिचय पत्र’ प्रदान गरेका हुन् ।
यो श्रेणीको परिचय पत्रको रंग रातो हुनेछ । अर्को, वरिष्ठ श्रेणीको परिचय पत्र हुनेछ, जसको रंग निलो हुनेछ । विशिष्ट श्रेणीको परिचय पत्र नविकरण गर्नुपदैन भने वरिष्ठ श्रेणीकोलाई ५–५ बर्षमा नविकरण गर्नुपर्नेछ । अर्को हरियो रंगको सामान्य परिचय पत्र पनि वितरण गरिनेछ ।
विशिष्ट श्रेणी’को यस्ताे परिचय पत्र पाउनेहरुमा यादव खरेल, उद्धव पौडेल, नीर शाह, लक्ष्मीनाथ शर्मा, भूवन थापा चन्द, बसुन्धरा भुषाल, सुभद्रा अधिकारी, किरण खरेल, मञ्जु कुमार श्रेष्ठ, हरिप्रसाद रिमाल, चेतन कार्की, शकुन्तला शर्मा गुरुङ र गृहन्द्र धिमाल हुन् ।
संचारमन्त्री राइले यो परिचय पत्र वितरण गरेपछि गर्वको अनुभुती भएको बताए । उनले नेपाल सरकारले फिल्म नगरिलाई विकास गर्न विभिन्न योजना बनाइरहेको बताए । परिचय पत्र वितरण गरेर मात्र नहुने भन्दै निर्देशक यादव खरेलले यसले कस्तो मान र गरिमा दिन्छ भन्ने कुरा पनि मुख्य भएको बताए । निर्देशक निर शाहले परिचय पत्र सबै फिल्म क्षेत्रका सदस्यहरुका लागि हुनुपर्ने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले परिचय पत्र वितरण गर्ने काम सुरु गरिएकोले यसलाई अन्त्य नठान्न आग्रह गरे ।
For More videos Log on to Mazzako TV