‘नाई नभन्नु ल ४’ त चल्यो, तर नयाँ कलाकारको खै त चर्चा ?
फिल्म चल्दैमा कलाकारको चर्चा हुन्छ भन्ने छैन । अब, गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘नाई नभन्नु ल ४’लाई नै हेरौ न । फिल्मको खासै प्रचार नभएकाले पनि कलाकारलाई फाइदा हुने कुरै भएन ।
झन्, फिल्म चलेपछि त मुख्य तीन नयाँ कलाकार पल शाह, बर्षा राउत र आँचल शर्मा उदाउने चर्चा थियो । तर, माहोल हेर्ने हो भने यो फिल्मको व्यापारबाट कलाकार उदाउछन् भन्ने देखिएको छैन ।
फिल्म चलेको १० दिन भैसक्दा पनि यी कलाकारको कामको चर्चा कतै सुनिएको छैन । बरु, पल र बर्षा फिल्म भन्दा म्यूजिक भिडियोमा नै काम गरिरहेका छन् । फिल्म चलेर निर्देशक विकास आचार्यले आफ्नो सफल ब्रान्डलाई निरन्तरता दिएका छन् । तर यो फिल्मले नयाँ कलाकारको करिअर चम्कने देखिएको छैन ।
For More videos Log on to Mazzako TV