नेपाल चलचित्र विकास बोर्डले भोली अर्थात सोमबार संचारमन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै सेलिब्रेटी कार्ड वितरण गर्ने भएको छ । बोर्डले फिल्म क्षेत्रमा ४० बर्ष बिताएका फिल्मीकर्मीलाई सेलिब्रेटी कार्ड वितरण गर्न लागेको हो । नीर शाह, यादव खरेल, बसुन्धरा भुषाल, भूवन चन्द लगायतले यो कार्ड पाउनेछन् । लामो समयदेखि यो कार्डको माग आएपनि विविध कारणले गर्दा यो रोकिएको थियो ।
nir shah
तर, बोर्डले समय अवधी नै तोकेर कार्ड वितरण गर्ने भएपछि यसको बिषयमा चर्चा परिचर्चासँगै विरोध पनि सुनिन थालिएको छ । केही फिल्मीकर्मीले ४० बर्ष कटेपछि मात्र सेलिब्रेटी भइने रहेछ भनेर विरोध गरेका छन् भने केहीले कलाकारलाई फुटाउने खेल सुरु भएको पनि बताएका छन् ।

दर्शकले नै कलाकारको बर्गिकरण गर्ने भन्दै राज्यले यस्तो खेल खेल्न नहुने बताएका छन् । तर, चलचित्र विकास बोर्ड भने सेलिब्रेटी कार्ड वितरण गर्ने अन्तिम तयारीमा लागेको छ । भोली यो कार्ड वितरण भएपछि यस बिषयमा अझ चर्चा र परिचर्चा सुरु हुने निश्चित छ ।

For More videos Log on to Mazzako TV