केकीको मुख्य भूमिका रहेको रमेशको फिल्म छाडे नवलले
अब फिल्मबाट निर्देशक पनि निस्कन थालेछन् । अभिनेता अभिनेत्री मात्र होइन निर्देशक पनि फिल्मबाट निस्कने र काम नगर्ने प्रथा सुरु भएछ । अभिनेता रमेश उप्रेतीले बनाउन लागेको फिल्म ‘ऐश्वर्या’बाट निर्देशक नवल नेपालले हात झिकेका छन् । नवल र रमेशको बोन्डिङ नमिलेपछि उनले हात झिकेका हुन् ।
आफ्नो र रमेशको सोच नमिलेको नवलको भनाई छ । रमेशको सोच्ने तरिका र आफ्नो गर्ने तरिका नमिलेपछि सहमतीमै काम नगर्ने तय गरिएको नवलले बताए । यो फिल्मको निर्देशन अब दीवाकर भट्टराइले गर्नेछन् । फिल्मको छायांकन यसै महिनाबाट सुरु गर्ने तयारी थियो । फिल्मका लागि केकी अधिकारी पनि पक्का भैसकेकी थिइन् ।
For More videos Log on to Mazzako TV