नयाँ बर्षमा गीत र पोष्टर रिलिज, तर भएन नयाँ घोषणा
के अब नेपाली फिल्म भित्र शैली परिवर्तन भएको हो । नयाँ बर्षका लागि केही बर्ष पहिलेसम्म निर्माताहरु नयाँ फिल्म घोषणा गर्न तयार हुन्थे । भद्रकाली मन्दिरदेखि विभिन्न मन्दिरहरुमा नयाँ फिल्मका घोषणा हुन्थे । तर, अब समय बदलियो ।
नेपाली फिल्मको घोषणा वा पत्रकार सम्मेलन फिल्मका हलदेखि पार्टी प्यालेसमा हुन थालेका छन् । यो बर्षको पहिलो दिन नयाँ नेपाली फिल्मको खासै घोषणा सुनिएन । निर्माताहरु विभिन्न मन्दिरमा भेला भएनन् । बरु, यो बर्ष निर्माताहरुले आफ्नो फिल्मको पोष्टर, गीत, र ट्रेलर रिलिज गरे । नयाँ बर्षको शुभकामना सहित नयाँ फिल्मको कुनै न कुनै लुक दर्शकमाझ देखाए ।
नयाँ बर्षमा फिल्मको घोषणाको समाचार संकलन गर्न दौडने संचारकर्मी यसपटक अरु नै समाचारमा व्यस्त देखिए । यसको अर्थ के अब नयाँ बर्षमा फिल्म घोषणा गर्ने शैली हराएको हो ? कि निर्माताहरु सुटुक्क फिल्म छायांकन गर्न थालेका हुन् ?
For More videos Log on to Mazzako TV