सविन र किशोर, लिड हिरो कहिले बन्ने ?
बक्स अफिसको आँकडा हेर्ने हो भने अभिनेता सविन श्रेष्ठ र किशोर खतिवडाका अधिकांश फिल्म चलेका छन् । यी दुइले काम गरेका अधिकांश फिल्मले निर्माताको लगानी उठाएर गोजी भरिदिएका छन् । तर, फिल्म चल्नुको क्रेडिट यी दुइलाई कहिल्यै गएन । जब, यी दुई सिंगल आउँछन्, फिल्म चल्दैन ।
विशेषगरि, फिल्ममा जस्तो पनि भूमिका गर्ने र सहायक अभिनेताको रुपमा पनि देखिने बानीकै कारण सविन र किशोरलाई लक नलागेको हो । वुधबार मात्र फिल्म ‘किस्मत २’को पोष्टर रिलिज भयो, तर किशोरको अगाडि अभिनेत्री शिल्पा पोख्रेल हाबी देखिइन् । किनकी, यो फिल्मको मुख्य अभिनेत्री नै शिल्पा पोख्रेल हुन् ।
फिल्म ‘हिम्मतवाली’मा अभिनेता किशोर खतिवडा छन् तर यसको सम्पूर्ण क्रेडिट अभिनेत्री रेखा थापाले नै लिइन् । तर, जब सविन मुख्य अभिनेता भएको फिल्म ‘लक्ष्य’ रिलिज भयो, यो चलेन । कारण, यो फिल्म सविनको दममा चल्नुपर्ने थियो ।
सविन र किशोर नेपाली फिल्ममा वैकल्पिक अभिनेताको रुपमा मात्र देखिए । फिल्म ‘रामप्यारी’ चल्दा सविनको अस्तित्व कतै देखिएन । के अब यी दुई अभिनेताले आफ्नै बलमा चल्ने बेला आएन ।
For More videos Log on to Mazzako TV