अनमोलको फेरिएको हेयर स्टाइल, श्रृष्टी किन देखिइन् ठूली ?
अभिनेता अनमोल केसीलाई चकलेटी हिरोको रुपमा चिनिन्छ । उनी प्राय फिल्ममा चकलेटी फेस लिएर आउँछन् । तर, उनी अभिनित फिल्म ‘गाजलु’को कार्यक्रममा पनि अनमोल फरक शैलीमा देखिए । उनको कपालको स्टाइल परिवर्तन भएको थियो भने कपालमा हेडपेन लगाइएको थियो ।
तर, अनमोलले आफू कुनै पनि फिल्ममा अनुवन्धित नभएको बताए । उनले कुरा भैरहेपनि कुनै फिल्ममा संझौता नगरेको बताए । अनमोलले फेरेको हेयर स्टाइलको चर्चा भयो । के अनमोल अब कुनै फिल्ममा डन शैलीको भूमिकामा छन्, हेयर स्टाइलले यस्तै संकेत गरेको छ ।
फिल्म ‘गाजलु’मा अनमोल र श्रृष्टीको जोडी नसुहाएको चर्चा चलिरहँदा निर्देशक हेमराज वीसीले भने फिल्म नै हेर्न आग्रह गरे । फिल्मको सस्पेन्स खुलाउन नमिल्ने भन्दै उनले जोडी नसुहाएको कुरा फिल्म हेरेपछि मात्र थाहा हुने बताए ।
For More videos Log on to Mazzako TV