‘मेरी बास्सै’ हाँस्यश्रखलाबाट चर्चामा आएका हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र विल्सन विक्रम राई ‘तक्मे बुढा’ यतिबेला ‘मेरी बास्सै’मा छैनन् । उनीहरुले निकै लामो समयको तयारी पश्चात नयाँ कमेडी कार्यक्रम लिएर आँउदैछन् । आजदेखि टिभीमा आउने उनीहरुको नयाँ हाँस्यश्रंखलाको नाम ‘खासखुस’ राखिएको छ ।

Takme and magne buda

आजबाट प्रत्येक विहिबार साँझ ८.५० मा नेपाल टेलिभिजनमा ‘खासखुस’ प्रसारण हुनेछ । यो नयाँ कार्यक्रममा केदार घिमिरे  र विल्सन विक्रम राई भिन्नै अन्दाजमा प्रस्तुत हुनेछन् । कार्यक्रममा केदार र विल्सनका अलावा, सुरज चापागाई, सन्देश लामिछाने, यमन स्रेष्ठ, सुनिता गौतम, अरुणा कार्की, सुशीला निरौला, मनराज स्रेष्ठ, राजु पौडेल, मरिचमान स्रेष्ठ, यादब थापा, नेत्र राउत, गुणाखर अधिकारी, सुदिप खतिवडा, अजय रेग्मी लगायत कलाकारहरुको अभिनय रहनेछ ।

सिताराम कट्ट्ल ‘धुर्मुस’सँग छुटिट्एर नयाँ कार्यक्रम ल्याएका केदार र विल्सनलाई दर्शकले कत्तिको साथ दिनेहुन, त्यो भने अब हेर्न बाँकी छ । जे भएपनि मज्जाको अनलाईनको तर्फबाट भने खासखुसलाई सफलताको शुभकामना ।

For More videos Log on to Mazzako TV