नयाँ वर्ष २०७३ मा नेपाली फिल्मप्रति दर्शकले अथाह माया दर्शाएका छन् । बैशाख १ गते दर्शकको माया देशका हरेक हलमा स्पष्ट रुपमा देखियो । रेखा थापा स्टारर फिल्म ‘राम प्यारी’ हेर्न राजधानीका हलहरुमा दर्शकको उपस्थिती बाक्लो थियो । गोपिकृष्ण, अष्टनारायण, गुण, पुष्पाञ्जली लगायत अन्य हलहरुमा ‘राम प्यारी’ को शोज थप्दै प्रदर्शन भैरहेको हलवालाले बताएका छन् ।
rampyari hall ma darsak
नेपाली फिल्मका लागि मुख्य स्टेशन मानिने चावाहिलको गोपिकृष्ण र अष्टनारायण हलमा मध्यान्हको शोमा एकै पटक तीन वटा पर्दामा ‘राम प्यारी’ चलाइएको वितरक गोपाल कायस्थले जानकारी दिए । करिब चौध वटा हलमा प्रदर्शनरत यो फिल्मले चैत २६ देखि बैशाख १ सम्म राजधानीबाट मात्रै एक करोडको ग्रस व्यापार गर्ने वितरक कायस्थको अनुमान छ । मोफसलको रिपोर्ट भने एफडि कम्पनीले सार्वजनिक गरेको छैन । वितरक कम्पनीका अनुसार ‘राम प्यारी’ आउँदो शुक्रबारदेखि मोफसलका मुख्य शहरहरुमा प्रदर्शन हुनेछ ।

‘राम प्यारी’ रेखा थापा मध्यान्ह्को शोमा बालाजुको अष्टनारायण हल पुगेकी थिइन् । उक्त हलमा दर्शकको संख्या देखेपछि रेखाले भनिन्, ‘आजसम्म मैंले नेपाली नयाँ वर्षमा यतिका धेरै दर्शक हलमा देखेको थिइँन । सबै दर्शकप्रति म आभारी छु ।’ रेखाका प्रायः जसो फिल्महरु दशैं या नेपाली नयाँ वर्षमा प्रदर्शन हुँदै आइरहेका छन्, जसमध्ये ‘राम प्यारी’ मा दर्शकको फ्लो उच्च देखिइएको छ ।

For More videos Log on to Mazzako TV