‘रामप्यारी’ र ‘नाई नभन्नु ल ४’ को व्यापारको बारेमा यसो भन्यो एफडीले
दुई फिल्मको काठमाण्डौ बाहिर वितरणको जिम्मा लिएको एफडी कम्पनीले ‘रामप्यारी’ र नाई नभन्नु ल ४’को व्यापारको बिषयमा केही मिडियामा आएको खबरलाई पूर्ण रुपमा नकारेको छ । रेखा थापा निर्मित तथा अभिनित फिल्म ‘रामप्यारी’ काठमाण्डौ बाहिरका मुख्य स्टेशनमा अझै चल्न बाँकी रहेकाले पनि व्यापार एकिन भन्न नसकिने एफडीका अध्यक्ष नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बजारमा ‘नाई नभन्नु ल ४’लाई महंगो एमजी एफडीले दिएको भन्ने समाचार प्रकाशित भएपनि महर्जनले जारी गरेको विज्ञप्तीमा भने ‘रामप्यारी’लाई एमजी दिएको उल्लेख छ । यसले पनि के देखाउँछ भने ‘नाई नभन्नु ल ४’लाई एफडी कम्पनीले कुनै एमजी दिएको छैन ।
चैत्र २६ गतेबाट प्रदर्शनमा आएका यी दुई फिल्मले अहिले राम्रो व्यापार गरिरहेका छन् । तर, सविर श्रेष्ठ निर्देशित फिल्म भन्दा विकास आचार्य निर्देशित फिल्मको व्यापार माथि रहेको मिडियामा समाचार आइरहेका छन् ।
फिल्म ‘रामप्यारी’की निर्मात्री रेखा थापाले घुमाउरो शैलीमा फेसबुकमा एफडीसँग असन्तुष्टी पनि जनाएकी थिइन् ।
For More videos Log on to Mazzako TV