दशैमा रिलिज गर्ने उद्देश्यका साथ हाल धमाधम छायांकन भैरहेको फिल्म ‘६क्का पञ्जा’लाई लिएर अभिनेत्री दीपाश्री निरौला उत्साहित छिन् । दीपाले पहिलो पटक निर्देशन गरिरहेको यो फिल्मको ८० प्रतिशत छायांकन सकिएको छ । यतिबेला काभ्रेको खोपासी स्थित पस्थलीमा सिनेमाको छायांकन धमाधम भईरहेको छ ।

Deepak n deepa

महिला निर्देशकको रुपमा काम गर्नु आफैमा चुनौतीपुर्ण रहेको भन्दै दिपा भन्छिन्, ‘सबैजना सबै बिषयबस्तुमा पोख्त हुदैनन्,मलाई चाहि ६क्का पञ्जाको बिषयबस्तुले नै निर्देशक बनाएको हो ।’

आफ्नो चलचित्रको टिम वर्कबाट उनी निकै खुशी छिन् । उनका अनुसार टेन्सन रहित बातावरणमा मज्जाले काम भईरहेको छ । अब सिनेमाको केही दृश्यहरु र गीतको छायांकन बाँकी छ । काठमाण्डौंमा करिब २ दिनको छायांकन अन्त्यमा हुने दीपाको भनाई छ ।

दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटाको मुख्य भूमिका रहेको यो फिल्मले दीपाश्री निरौलाको लामो कलाकारिताको यात्रालाई नयाँ ढंगले पुष्टी गर्नेछ । कलाकारीतामा सफल दीपा निर्देशकको रुपमा कति सफल हुन्छिन् हेर्न बाँकी छ ।

6akka panja new pic

हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो फिल्म चलेको खण्डमा दीपा, दीपक र निर्मल शर्माको टिमले निर्माण सफलतामा ह्याट्रिक गर्नेछन् ।

For More videos Log on to Mazzako TV