‘माया बैगुनी तर नभई नहुने’ भने जस्तै छ अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाको सम्बन्ध । १० बर्ष लामो सम्बन्धलाई तोडेर अलग भएपनि यी दुईको माया अलग भएको छैन । भेट्दा अंगालो मार्ने,सँगै बसेर कफी खाने, घण्टौं कुरा गर्ने, गाडीमा घर सम्म छोडिदिने, एकले अर्काको कामको प्रशंसा गर्ने, सल्लाह लिने दिने कुरामा यी दुई अगाडि छन् ।

Rekha Chhabi and Shabir

अभिनेत्री रेखा थापाले बनाएको फिल्म रामप्यारी यतिबेला देशभर चलिरहेको छ । फिल्मले २ दिनमा बम्पर व्यापार गरेको छ ।

फिल्म हेर्न शनिबार निर्माता छविराज ओझा काठमाण्डौको बिग सिेनमामा पुगेका थिए । फिल्म हेरेपछि उनले ‘राम प्यारी’ र रेखाको दिल खोलेर तारिफ गरे ।

Rekh Thapa and Chhabi Raj Ojha

उनले रेखा र आफूमा गुरु र चेलीको सम्बन्ध भएको पनि बताए । फिल्म सबै हिसाबले राम्रो भएको भन्दै छविले यो फिल्म देशका ठूला नेताले हेर्नुपर्ने बताए । नारीको सोचलाई रेखाले गहन रुपमा उठान गरेको भन्दै छविले आफ्नो चेलीको फिल्म चल्दा खुशी नहुने कुरै भएन भन्दै गजबको प्रतिक्रिया दिएका छन् ।

रेखाको लागि आफ्नो फिल्म ‘किस्मत २’ को डेट नै पछि सारेका छवि अहिले ‘राम प्यारी’ चल्दा रेखा भन्दा बढी खुशी देखिएका छन् ।

Watch video here:- 

For More videos Log on to Mazzako TV