नेपाली फिल्म क्षेत्रका ५ चर्चित संगीतकारले बिहे गर्ने कुरा गरेका छन् । यी ५ संगीतकारले बिहे गर्ने कुरा फिल्म ‘सयपत्री’को एक गीतमा गरेका हुन् । चेतन सापकोटाको संगीतमा तयार भएको ‘क्या अरम क्या गरम, घरमा भन्छन् यसपालि व्या अरम’ बोलको गीतमा ५ संगीतकार एकसाथ भेला भएका हुन् । sayapatri-musicians

यो गीतलाई संगीतकार सुरेश अधिकारीले लेखेका हुन् । गीतमा चेतन सापकोटा, हरि लम्साल, बसन्त सापकोटा, महेश खड्काले आवाज दिएका छन् । तर, नेपाली फिल्म क्षेत्रको हरेक विधामा झगडा र द्धन्द्ध भैरहेको समयमा ५ संगीतकारले भने आफूहरु मिल्छौ भनेर सन्देश दिएका छन् ।

बबी सिंहको निर्देशनमा तयार भैरहेको यो फिल्मले नेपाली सेनाको कथालाई देखाउन खोजेको छ । यो गीतले बजारमा तहल्का पिट्ने दाबी छ, संगीतकार चेतन सापकोटाको ।

For More videos Log on to Mazzako TV