यो बर्ष नेपालले भूकम्प र नाकाबन्दी भोग्यो । जनताले खुबै दुख र सास्ती पाए । नेपाली फिल्मले पनि यो बर्ष घाटा ब्यहो¥यो । तर, पनि निर्माताहरुले फिल्म बनाइनै रहे । नयाँ नयाँ अनुहार भविष्य खोज्दै यो बर्ष नेपाली फिल्ममा प्रवेश गरे । यो बर्ष नेपाली फिल्ममा थुप्रै अनुहारको प्रवेश भयो । जसमध्ये केहीले संभावनाको ढोका खोले भने केही खासै चर्चामा आएनन् । Anmol and Samragiye
यो बर्ष शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुशिल श्रेष्ठ, नाजिर हुसेन, अभय बराल, सुशिल सिटौला लगायतका कलाकार एउटै फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरे । जसमध्ये शशी अहिले खासै चर्चामा छैनन् भने अरु कलाकार काममा नै व्यस्त छन् । नाजिर हुसेन, अभय बराल र सुशिल सिटौला कलाकारको रुपमा बढी चर्चित भए । स्वस्तिमाले भने निश्चल बस्नेतसँग बिहे गरेर घरमज गरिन् ।

यो बर्ष अभिनेत्रीको रुपमा करिश्मा श्रेष्ठ भने फिल्म क्षेत्रमा आइन् । फिल्म ‘लभ–सब’बा उनी उदाइन् । उनले यसपछि केही फिल्म त खेलिन्, चर्चा सामान्य छ ।
यो बर्ष सर्वाधिक चर्चा कमाउने नयाँ अनुहार हुन् प्रदिप खड्का र साम्राज्ञी राज्य लक्ष्मी राणा । यी दुइले भने नेपाली फिल्ममा प्रशस्त संभावना देखाएका छन् । यसअगाडि २ वटा फिल्म खेलेपनि अभिनेता प्रदिप खड्का ‘प्रेमगीत’मा फ्रेस देखिए । प्रदिपको अभिनय र लुकलाई खुबै मन पराइएको छ । यो बर्ष अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणा फिल्म ‘ड्रिम्स’बाट उदाइन् । उनको चर्चा यती धेरै भयो कि, उनी नेपाली फिल्मका लागि नयाँ संभावना देखिइन् ।

फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’बाट आमेष भण्डारी पनि उदाए । तर, यो फिल्म असफल भएपछि आमेषले जुन खालको उचाई पाउनुपर्ने हो पाएनन् । तर, पनि उनमा संभावना देखिन्छ । फिल्म ‘क्लासिक’बाट कलाकार रोमि घिमिरे पनि फिल्म लाइनमा आइन् । तर, नम्रता श्रेष्ठ मुख्य अभिनेत्री भएका कारण रोमीको चर्चा खासै भएन ।
Pradip Khadka
यी बाहेक अन्य केही नयाँ अनुहार पनि फिल्म क्षेत्रमा आए । तर, प्रदिप र साम्राज्ञी जस्तो चर्चा अरुले पाएनन् । अब, चैत्र २६ गते चल्ने फिल्म ‘नाई नभन्नु ल ४’बाट बर्षा राउत, पल शाह र आँचल शर्मा भित्रदैछन् भने यही मितिमा चल्ने अर्को फिल्म ‘रामप्यारी’बाट आभाष अधिकारी फिल्म क्षेत्रमा परिक्षा दिदैछन् । यी चार कलाकार पनि फिल्म प्रदर्शन अगाडि चर्चामा छन् । तर, फिल्मको व्यापारले यी ४ को भविष्य निर्धारण गर्नेछ ।

For More videos Log on to Mazzako TV