फिल्म खेलेर हिट हुनुमात्र सफलता होइन । स्टार बन्नका लागि पर्दा बाहिर पनि यस्ता थुप्रै सोचहरु चहिन्छन् जसले उसको मुल्यांकन गरोस् । नेपाली फिल्मका थुप्रै कलाकार पर्दा बाहिर यस्तै कुरामा चुक्दा सफल हुन सकेका छैनन् । Pradeep Khadka
बुधबार आयोजना भएको फिल्म ‘प्रेमगीत’को ५१ दिने कार्यक्रममा अभिनेता प्रदिप खड्काले यस्तै एउटा व्यवहार देखाए, जसले उनमा रहेको व्यक्तित्व झल्कायो ।
जब, निर्णायकले ‘म यस्तो गीत गाउछु कभर सङ’का विजताको नाम घोषणा गरे, प्रदिप बसेको ठाउँबाट उठे र ताली बजाउन थाले । प्रदिपले ती विजेतालाई पुरस्कार हस्तान्तरण गरेदेखि उनले कुरा राखेसम्मको पलमा उठेरै ताली बजाए र मुस्कुराइरहे ।

12966009_987639217986775_2110795273_n

जबकी, उनी छेउमै बसेकी अभिनेत्री पूजा शर्माले उठ्न आवश्यक ठानिनन् । । किनकी, कोही पनि मानिसलाई सम्मान दिदा उठ्ने प्रचलन छ । यो कसैले सिकाएर होइन, आफै आउनुपर्छ ।

12970728_987639231320107_1915681943_o

यस्ता साना–साना कुराले नै हो मानिसलाई स्टार बनाउने । प्रदिपको यो एउटा खुबी हो भन्दा फरक नपर्ला । उनले यस्तै सम्मानको बानीलाई निरन्तरता दिए भने उनी सुपरस्टार पक्कै बन्नेछन् ।

For More videos Log on to Mazzako TV