‘ड्रिम्स’ हिरोइनको यस्तो फेशन
भूवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’मा छोटो भूमिकामा देखिएकी भीजे सन्ध्या केसी फेसनमा भने अब्बल देखिदैछिन् । उनले आफ्ना सामाजिक संजालमा पोष्ट गर्ने तस्बिरहरु खुबै फेसनेबल हुन्छन् ।
सन्ध्याले हालै मात्र फेसबुकमा पोष्ट गरेको एउटा तस्बिरले त्यसैको झल्को दिन्छ । अभिनेता भूवन केसीले प्रचारमा अगाडि नल्याएका कारण सन्ध्याको चर्चा खासै हुन सकेन । नेपाली फिल्ममा यो बर्ष थुप्रै नयाँ अनुहारको प्रवेश भयो, जसले यो क्षेत्रलाई कुनै न कुनै रुपमा फाइदा मिल्ने छ । सन्ध्याबाट पनि नेपाली फिल्मले आशा गरेको पक्कै छ ।
हुनत, एउटा फिल्म खेल्दा खुबै चर्चामा आउने र त्यसपछि हराउनेहरुको भीड पनि यहाँ कम छैन । हेरौ, सन्ध्या कुन शैलीमा यो फिल्डमा अगाडि बढ्ने हुन् ।
For More videos Log on to Mazzako TV