‘म यस्तो गीत गाउछु’ कभर सङको उपाधी सागरलाई
नेपाली फिल्मका गीत हिट त हुन्छन्, तर उक्त गीतलाई नै लिएर प्रतिस्पर्धा भएको पाइदैन । फिल्म ‘प्रेमगीत’ले भने सफल गीत ‘म यस्तो गीत गाउँछु’ कभर सङ प्रतिस्पर्धा नै ग¥यो ।
फिल्म प्रदर्शन भन्दा अगाडि सुरु भएको यो प्रतिस्पर्धाले आज एकजना विजेता पाएको छ । यो प्रतिस्पर्धामा सहभागी हुन आएका ५ सय ५९ बाट छानेर एकजनालाई विजेता घोषणा गरियो । सागर संसार राइले अन्तिम १५ मा पुगेका अन्य प्रतिस्पर्धीलाई हराए ।
युटुबमा सर्वाधिक धेरै भिजिटर पाएका १० र वाइल्र्ड कार्ड इन्ट्रीबाट १५ जनालाई अन्तिम प्रतिस्पर्धामा लगिएको थियो । जसबाट अन्तिम ५ छानिएको थियो । अन्तिम ५ ले फिल्मको शिर्ष गीत फेरि गाएका थिए । जसबाट सागर संसार राइलाई विजेता चुनिएको हो । उनले उपाधीसँगै नगद १ लाख जिते । उनले आशुसेन फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्ममा गीत गाउने मौका पनि पाउनेछन् ।
फिल्मका संगीतकार अर्जुन पोख्रेल, गायिका अन्जु पन्त, लेखक रामशरण पाठक, निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेन निर्णायक थिए ।