‘प्रेम गीत’को पार्टीमा ‘रामप्यारी’ रेखाले किन सुटुक्क पठाईन् लोभलाग्दो केक ? (भिडियो सहित)
नेपाली फिल्मका मेकरहरु एकले अर्कालाई हौसला दिन अग्रसर छन् भन्ने पुष्टी हुँदैछ । अरुको फिल्म भएपनि आफ्नो तरिकाले समर्थन गर्ने र प्रचारमा साथ दिने कुरामा फिल्मीकर्मी अगाडि देखिएका छन् । यही सूचीमा पर्छिन् अभिनेत्री रेखा थापा । रेखाले फिल्म ‘प्रेमगीत’को रिलिजको समयमा खुबै प्रचार गरिन् । फिल्मका निर्माता, निर्देशक र अभिनेत्रीसँग रेखाको सम्बन्ध सुमधुर छ ।
बुधबार आयोजना गरिएको फिल्मको ५१ दिने पार्टीमा पनि रेखाको ‘सरप्राइज प्याकेज’ प्रस्तुत भयो । फिल्मले ५१ दिन मनाएको भन्दै अभिनेत्री रेखा थापाले आफ्नो तर्फबाट केक उपहार दिइन् । कार्यक्रममा रेखा उपस्थित नभएपनि उनले पठाएको केक निर्माण यूनिटले काटेको थियो ।
निर्देशक, निर्माता, अभिनेता, अभिनेत्रीले रेखालाई धन्यवाद दिदै केक काटे । अहिले यो फिल्मका कलाकार, निर्माता, निर्देशक पनि रेखाको शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘रामप्यारी’को प्रचारमा सक्रिय छन् ।