यो बर्ष प्रदर्शनमा आएका ६० भन्दा बढी फिल्ममा १० वटाले निर्माताको लगानी सुरक्षित गरेको पाइन्छ । यो बर्ष दर्शकले खुबै प्रतिक्षा गरेका, प्रचारमा पनि राम्रै रकम खर्च गरिएका र स्टार कलाकारले अभिनय गरेका फिल्म चलेनन् । प्रचारमा राम्रै खर्च गरिएको फिल्म ‘चंखे शंखे पंखे’ यो बर्ष चलेन । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्मका लागि निर्माताले मोटो रकम खर्च गरेका थिए । यो बर्ष प्रचार गरे पनि नचलेको फिल्म हो, ‘अधकट्टी’ । ‘कोकाकोला फिगर’ बोलको गीत चर्चामा आएपनि यो फिल्म चलेन । अर्को फिल्म, ‘ठमेल डट कम’ पनि चलेन । यो फिल्मको प्रचारका लागि गोपिकृष्ण मुभिजले ठूलै हल्ला गरेको थियो । rajesh hamal nd shiva

यो बर्ष अर्को एउटा फिल्म पनि चल्यो, जुन थियो ‘बागमती’ । राजेश हमाल र शिव श्रेष्ठको कमब्याक भनेर चर्चा गरिएको यो फिल्मको बजेट २ करोड भनिएको थियो । तर, फिल्म यसरी पत्ता साफ भयो कि, निर्माताको हातमा २ लाख पनि आएन । यती ठूलो रकम खर्च गरिएको फिल्म असफल हुँदा दर्शक मात्र निराश भएनन् फिल्म नगरी पनि निराश भयो ।

fanko
यसैबर्ष रिलिज भएको फिल्म ‘फन्को’ पनि चलेन । चल्तीको ब्यानर, वुझेका निर्माता र स्टार भनिएका कलाकार हुँदा पनि यो फिल्म चलेन । यसै बर्ष फिल्म जुधाइको मारमा परे, ‘क्लासिक र प्रेमगीत’ । यी दुबै फिल्मले व्यापार त गरे, तर निर्माताले कमाउन पाएनन् ।

फागुनमा आशा गरिएको फिल्म थियो, ‘फागु’ । तर, यो फिल्म पनि नराम्रोसँग पिटियो । फागुन २१ मा  चलेको अर्को फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ले पनि पानी माग्न पाएन । चैत्र ५ गते चलेका दुई फिल्म ‘भाग् सानी भाग्’ र ‘लक्ष्य’ पनि चलेनन् । दुबै फिल्म चल्छन् भन्ने आशा गरिएको थियो ।

fulai fulko mausam

यसैबर्ष चैत्र १२ गते चलेका २ फिल्म ‘आवेग र राहादानी’ पनि चलेनन् । दुबै फिल्म नचल्दा निर्मातालाई राम्रै रकम घाटा लाग्यो। अब, चैत्र २६ गते ‘रामप्यारी र नाई नभन्नु ल ४’ रिलिज हुन लागेका छन् । दुबै फिल्म यो बर्षका अन्तिम प्रतिक्षारत फिल्म हुन् । तर, यो बर्ष चल्छन् भन्ने आश गरिएका दर्जन बढी फिल्म नचल्दा निर्मातालाई घाटा लाग्यो ।

For More videos Log on to Mazzako TV