जुन बेला आफू अभिनित २ फिल्म एकै महिनामा लाग्दैछ भन्ने थाहा भयो, अभिनेत्री ऋचा शर्मालाई, उनलाई अप्ठ्यारो भयो । ऋचा वैशाख महिना देखेर डराइरहेकी छिन् । यसको मुख्य कारण उनले अभिनय गरेका २ फिल्म लगालग प्रदर्शनमा आउनु । Reecha Sharma and Yesh Kumar

ऋचा अभिनित फिल्म ‘बाटो मुनिको फूल २’ वैशाख १० गते रिलिज हुँदैछ भने वैशाख १७ गते ‘जंगे’ । कुनै बेला फिल्म नै रिलिज हुँदैन, कुनै बेला एकै महिनामा २ फिल्म रिलिज हुन्छ भन्दै ऋचा केही असन्तुष्ट देखिएकी छिन् ।

यो बर्ष प्रदर्शनमा आएको एउटा मात्र फिल्म असफल भएपछि ऋचा केही सशंकित छिन् । यसैले वैशाख महिना आउनै लाग्दा उनमा डर सुरु भएको छ ।

For More videos Log on to Mazzako TV