सरसफाइको विषयमा निर्माण भएको छोटो चलचित्र ‘लोटे चर्पी’ युटुबबाट सार्वजनिक गरिएको छ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले यसलाई तयार पारेका हुन् । सरसफाई र शौचालयको महत्व, आवश्यकता एवं प्रयोगबारे आम नागरिकलाई जानकारी गराउन कोडेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमा यो चलचित्र निर्माण गरिएको हो ।dhurmus-and-sisir

नवलपरासी र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्रले समाज फेरिएको कथा उठाएको छ । ‘लोटे चर्पी’ले पानी बोकेर बारीको पाटा वा खुला स्थानमा दिशा गर्नेहरु प्रति व्यंग्य गर्दै सरसफाइमा लाग्न प्रेरणा दिएको सितारामले बताए ।

‘लोटे चर्पी’मा धुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाल लामा, वर्षा खड्का, सुरज आचार्य, विनोद राई, विष्णु बुढाथोकीलगायत देखिएका छन् ।

For More videos Log on to Mazzako TV