फिल्मको पर्दामा अभिनेत्रीले आफ्नो शरीर शो गर्नु त कुनै नौलो कुरा होइन । तर, शरीर आकर्षक बनाएर अभिनेताहरु पनि शरीर शो गर्न लालयित हुन्छन् । नेपाली फिल्ममा भने यस्तो काम कमैले मात्र गरेको पाइन्छ ।

Aryan Adhikari

वैशाख ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के म तिम्रो होइन र’का मुख्य अभिनेता आर्यन अधिकारी अब आफ्नो एक्सन र शरीरका कारण चर्चामा छन् । आज सार्वजनिक भएको फिल्मको ट्रेलरमा आर्यनको एक्सनमा उदाउँदो रुप देखिन्छ । नेपाली फिल्मका एक्सनमा यस्तो बबाल काम कमै मात्र देखिन्छ ।

Mariska Pokhrel 2

आकाश अधिकारीको कथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा मरिष्का पोख्रेल, गौरी मल्ल, प्रज्वलसुजल गिरी, आकाश खवास लगायतको अभिनय छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले आफ्नो प्रतिस्पर्धा आफैसँग भएको बताए । उनले ‘कोहिनुर’ फिल्म जस्तै यसमा पनि दर्शकको साथ पाउने अपेक्षा गरे । अधिकारी ब्रदर्सको ब्यानरमा निर्माण भएको फिल्ममा द स्काई मुभिजले सहकार्य गरेको छ ।
K ma timro haina ra press meet 1

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले निर्देशक आकाश अधिकारीलाई अब फिल्म खेलेर आफै हिरो नबन्न पनि आग्रह गरे । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, राजकुमार राई र फिल्मको यूनिटले अडियो एल्बम पनि बिमोचन गरेको थियो । फिल्मको गीतमा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत छ ।

For More videos Log on to Mazzako TV