फिल्म ‘के म तिम्रो होइन र’मा लिप किस गरेका छन् मुख्य कलाकार आर्यन अधिकारी र मरिष्का पोख्रेलले । चुम्बनको बारेमा मज्जाको अनलाइनसँग कुरा गर्दै आर्यन र मरिष्काले सहज भएको बताए । मरिष्काको नजरमा आर्यन किस गर्न सिपालु छन् । मरिष्काले आर्यनलाई ‘गुड किसर’को संज्ञा दिइन् । Aryan adhikari and Mariska Pokhrel

यो जोडी एकअर्काविच समझदारी भएकाले पनि मिलेर काम गरेको बताउँछ । आर्यन र मरिष्काविच अहिले बजारमा प्रेम चलेको चर्चा पनि छ । दुबैले यो कुरालाई पूर्ण रुपमा अस्विकार गरेका छन् । आर्यन र मरिष्काका अनुसार यी दुई मिल्ने साथी हुन्, तर प्रेमी प्रेमिका भने होइनन् ।

फिल्म क्षेत्रमा यही फिल्मबाट करिअर सुरु गर्न लागेका आर्यन र मरिष्काको चुम्बनको दृश्यले चर्चा पाउने पक्का छ । दुबैले एक अर्काको लगनशिलता र कामको प्रशंसा गरे ।

For More videos Log on to Mazzako TV