नेपाली फिल्मको व्यापार हेर्ने हो भने एउटा चल्दा मख्ख परेपनि त्यसपछि फेरि निराश हुनुपर्ने अवस्था छ । एउटा फिल्मले करोडौ व्यापार गर्दा मख्ख हुने नेपाली फिल्मीकर्मी त्यसपछि फेरि सुनसान हुने गरेका छन् ।
Anmol and Samragiye
फागुन २१ गते फिल्म ‘ड्रिम्स’ चल्दा नेपाली फिल्म क्षेत्रमा जुन खालको उत्साह थियो, त्यो फेरि सुनसान देखिएको छ । फागुन २१ गते नै चलेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ असफल बन्यो । फागून २८ गते क्रिकेटको कथामा बनेको फिल्म ‘च्याम्पिएन’ असफल भयो । यसपछि आशा थियो, चैत्र ५ को ।

केकी अधिकारी र सविन श्रेष्ठको अभिनय, नवल नेपालको निर्देशनमा बनेको फिल्म ‘भाग् सानी भाग्’ पनि असफल भयो । यही मितिमा बनेको फिल्म ‘लक्ष्य’ पनि चलेन । चैत्र १२ गते प्रदर्शनमा आएको फिल्म ‘आवेग र राहादानी’ पनि चलेनन् ।

आजबाट ३ फिल्म रिलिज भए । ‘जन्मभूमी, इन्द्रवाती र लक्की ७’ पनि खासै चलेनन् । यसरी हेर्दा करिब एक महिनामा ९ वटा फिल्म असफल भएका छन् । औषत ४० लाखको लगानी मान्ने हो भने पनि ३ करोड ६० लाखको घाटा देखिएको छ । अब, के फिल्मको राम्रो व्यापारका लागि चैत्र २६ नै कुर्नु पर्ने हो त ?

For More videos Log on to Mazzako TV