चलचित्र विकास बोर्डबाट कुनै पनि इजाजत नलिइकन फिल्म बनाएर विवादमा फसेका निर्देशक राजु गिरीले माफी मागेका छन् । फिल्मको नाम ‘जिस्म’ राखेर राजुले इजाजत विना नै फिल्म बनाएका थिए । चलचित्र विकास बोर्डले जिल्ला प्रशासन कार्यलय, कास्कीलाई पत्र लेखेपछि फिल्मको यूनिट र सामाग्रीलाई प्रहरीले कब्जामा लिएको थियो ।
archana and raju
पछि फिल्मको यूनिट छुटेपनि क्यामेरासहित सम्पुर्ण सामाग्री प्रशासनकै कब्जामा छ । निर्देशक गिरीले फिल्म बनाउँदा आफूले इजाजत नलिएको भन्दै माफी मागेको बताए ।
राजुले फिल्मको नाम पनि परिवर्तन गरेका छन् । ‘जिस्म’ नाममा पनि चलचित्र विकास बोर्डले आपत्ती जनाएपछि राजुले अब नाम ‘अर्चना’ राखेका छन् ।

पोर्नस्टार बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरु यो फिल्मकी मुख्य कलाकार हुन् । फिल्मको आधा भन्दा बढी छायांकन सकिएको छ । राजुले अब फिल्मको नाम परिवर्तन गर्दै माफी मागेपछि बोर्डले इजाजत दिने संभावना छ । फिल्मलाई हाइलाइट्स नेपालले किनिसकेको छ ।

For More videos Log on to Mazzako TV