अभिनेता दयाहाङ राई र नयाँ अभिनेत्री दीया पुन हङकङको रेड कार्पेटमा देखिएका छन् । फिल्म ‘वीर विक्रम’को भव्य प्रिमियरमा यी दुई कलाकार आकर्षकको केन्द्रमा रहे ।
मिलन चाम्सले निर्देशन गरेको यो फिल्मको सोमबार हङकङको यूहिन हलमा आयोजना गरेको भव्य प्रिमियरमा ‘हँसिया’ फिल्मकी अभिनेत्री हेमा श्रेष्ठ, संचारकर्मी नरेश भट्टराई पनि उपस्थित थिए । daya and diya
उल्लेख्य दर्शकको उपस्थितीमा भव्य रुपमा शो भएको निर्देशक चाम्सले बताए । फिल्मका मुख्य कलाकार अर्पण थापा र अनुपविक्रम शाही भने शोमा देखिएनन् ।
फिल्म हेरेका हङकङवासी नेपालीले यसको कथावस्तुलाई मन पराए । फिल्मले हसाँउँदै हसाउँदै रुवाउने दर्शकको भनाई छ । फिल्म भदौ ३ मा नेपालमा प्रदर्शन हुनेछ । अब, फिल्मको प्रिमियर लण्डनमा गरिनेछ । milan and hema

For More videos Log on to Mazzako TV