निर्माता छविराज ओझा श्रावण २८ बाट पछि सरेपछि यो मितिमा फिल्म ‘गाँठो’ लाग्ने भएको छ । निर्देशक सुरज भुषालका अनुसार भर्खरै छायांकन सकिएको यो फिल्मले श्रावणको अन्तिम साताको मिति पाएको हो । gatho movie

फिल्मलाई एफडी कम्पनीले वितरण गर्ने भएको छ । वटवाल फिल्मस्को प्रस्तुतीमा तयार भएको यो फिल्ममा तिलक बहादुर क्षेत्री र सुरज भुषालको लगानी छ ।
फिल्ममा अभय बराल, नाजिर हुसेनको साथमा नव–अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका छ । फिल्मले सम्बन्धमा आउने गाँठोको कथालाई प्रस्तुत गरेको निर्देशक सुरज भुषालले बताए ।

सुरजको फिल्मलाई श्रावण २८ गतेको मिति दिदै एफडी कम्पनीले छविराज ओझाको ‘किस्मत २’लाई असोज २१ मा सारेको छ ।

For More videos Log on to Mazzako TV