बन्ने भयो ‘जुनी’
अभिनेत्री खुश्वु खड्का र अभिनेता रवि कार्कीलाई लिएर निर्देशक रामेशकुमार राईले फिल्म ‘जुनी’ बनाउने भएका छन् । यो फिल्मको छायांकन वैशाख १ गतेबाट सुरु हुनेछ । ‘जुनी’ नेपाली फिल्मका लागि नयाँ नाम भने होइन । यो नाममा यस अगाडि अभिनेता भुवन केसीलाई लिएर फिल्म बनिसकेको छ । भूवनले यही फिल्मबाट यो क्षेत्रमा डेब्यू गरेका थिए ।
अभिनेत्री खुश्वु खड्काका अनुसार फिल्मले मानिसको आ–आफ्नो जुनीको कथालाई उठान गर्नेछ । रामेशकुमारले यस अगाडि ओम प्रतिकको सहायक निर्देशक भएर फिल्म बनाइसकेका छन् । फिल्म ‘जुनी’ले आफ्नो करिअरमा अर्को उचाई थप्ने अभिनेत्री खड्काको भनाई छ ।