राम लेखिएको पहिरन लगाउँदा रेखालाई कारवाहीको चेतावनी
अभिनेत्री रेखा थापाले गेरु बस्त्र लगाएर फिल्म ‘रामप्यारी’मा अभिनय गर्दा विवाद सुरु भएको छ । रेखाले लगाएको गेरु बस्त्रमा शिव सेना नेपालले आपत्ती जनाएको हो । अभिनेत्रीका अनुसार उनलाई कारवाहीसम्मको धम्की आएको छ ।
रेखाले गेरु बस्त्रको अपमान गरेको ठहर शिव सेना नेपालले गरेको छ । तर, रेखा भने आफूले गेरु बस्त्रको अपमान नगरेको भन्दै फिल्म हेरेर चित्त नवुझे प्रक्रिया अगाडि बढाउन चेतावनी दिन्छिन् ।
रेखाले फिल्ममा दोहोरो भूमिका निर्वाहा गरेकी छिन् जसमध्ये एउटा गेटअपमा उनले गेरु बस्त्र लगाएको देख्न सकिन्छ । यो फिल्म आफूले मजदुरका लागि बनाएको रेखाको दाबी छ । चैत्र २६ गतेबाट यो फिल्म देशभर प्रदर्शन हुँदैछ ।
फिल्म ‘हिफाजत’को एक गीतमा पनि रेखाले गेरु बस्त्र लगाएपछि विवाद भएको थियो ।
For More videos Log on to Mazzako TV