३ वटा फिल्म चलेपछि एकाएक सुपरस्टार बनेका नेपाली फिल्मका अभिनेता अनमोल केसी अब पारिश्रमिकमा काम गर्दैनन् । अनमोलसँग काम गर्ने निर्माताले उनको होम प्रोडक्शन द सुपर काजोल फिल्मस्सँग पनि सहकार्य गर्नुपर्ने हुन्छ ।
Anmol kc
यही सहकार्यमा निर्माता सुवास गिरीले नयाँ फिल्म बनाउने भएका छन् । अभिनेता केसीको मुख्य भूमिका रहने ‘केशर’ नामको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्ने भएका छन् ।

फिल्मको छायांकन नेपाल र बेलायतमा हुनेछ । अनमोल फिल्ममा ब्रिटिस लाहूरेको भूमिकामा देखिने भएका छन् । अनमोल केसीको होम प्रोडक्शन द सुपर काजोल फिल्मस्ले सुवास इन्टरटेन्मेन्टसँग सहकार्य गर्दै निर्माण गर्ने यो फिल्मलाई टीभी फिल्मले प्रस्तुत गर्नेछन् ।

अनमोलले यो फिल्ममा ठूलो पारिश्रमिक दिदा पनि काम गर्न मानेका थिएनन् । उनले शेयर मागेका थिए, सोही अनुसार अब यो फिल्म बन्नेछ । फिल्मका लागि बलिउडका पाश्र्व गायक अंकित तिवारीले २ गीतमा आवाज दिने पक्का भएको छ  फिल्मको मेकिङ र कथावस्तुलाई उच्च तहमा निर्माण गर्ने निर्माता सुवास गिरीको भनाई छ ।

फिल्मका लागि २ अभिनेत्रीको खोजी अडिशनबाट गरिने निर्माता सुवास गिरीले बताए । फिल्मको छायांकन साउनको अन्तिम साताबाट हुनेछ । अभिनेता केसीले ३ महिना फिल्मका लागि वर्कआउट गर्नेछन् ।

For More videos Log on to Mazzako TV