अमेरिकामा छोरीलाई जन्म दिने तयारीमा ऋचा
पहिलो सन्तान छोराको रुपमा नेपालमै जन्म दिएकी अभिनेत्री ऋचा घिमिरेले दोश्रो सन्तान भने अमेरिका पुगेर जन्माइन् । उनले दोश्रो सन्तानको रुपमा पनि छोरालाई जन्म दिएकी थिइन् । तर, उनको मनमा छोरीको चाहना भने हटेको थिएन ।
यसैले, अब ऋचा तेश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिने तयारीमा छिन् । छोरी जन्मन लागेकोमा खुशी हुँदै ऋचाले फेसबुकमा बढ्दै गरेको पेटसहितको आफ्नो फोटो सार्वजनिक गरेकी छिन् ।
पति, शंकर घिमिरेसँग फिल्म ‘तुलसी’ प्रदर्शन गर्ने भन्दै अमेरिका हानिएपछि यो जोडी नेपाल फर्किएन र उतै बसेको छ । ऋचाले तेश्रो पटक सर्जरी गरेर छोरीलाई जन्म दिन लागेको बताएकी छिन् ।
For More videos Log on to Mazzako TV