अभिनेता अनमोल केसीले अभिनय गरेका फिल्मको रिलिज अन्तर कम्तिमा पनि १ बर्षको देखिएको छ । यसैले पनि उनलाई हेर्न हलमा दर्शक उर्लिने गरेका छन् । अनमोल पनि बर्षमा एउटा मात्र फिल्म गर्ने अभियानमा छन् ।

Anmol kc 6
अनमोलको मुख्य भूमिका रहेको फिल्म ‘ड्रिम्स’ फागून २१ गते हलमा लागेको थियो । यो फिल्मले यो बर्षकै सवैभन्दा धेरै कमाई समेत गरेको छ । अझै, केही हलमा यो फिल्म लागि पनि रहेको छ ।

तर, अब यो फिल्म रिलिज भएको ३ महिनाको अन्तरमै अनमोल हलमा आउने भएका छन् । रोहित अधिकारीको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको फिल्म ‘गाजलु’ जेठ २१ गते हलमा लाग्नेछ । यसरी हेर्दा ठ्याक्कै ३ महिनाको अन्तरमा अनमोल केसीको नया“ फिल्म रिलिज हुने भएको छ ।

के अनमोल ३ महिनामै हलमा आउ“दा त्यसले कतै निर्मातालाई त घाटा हु“दैन । किनकी, दर्शक अनमोललाई लामै अन्तरमा हलमा आएको रुचाउ“छन् ।

For More videos Log on to Mazzako TV