रीश्मा थरुनी बनेको ‘झुम्की’
अपिल बिष्टले निर्देशन गरेको फिल्म ‘झुम्की’मा अभिनेत्री रीश्मा गुरुङ थरुनी बनेकी छिन् । दाङकी थरुनीको भूमिकामा देखिएकी रीश्माको प्रेम एक प्रहरीसँग हुन्छ ।
फिल्मको फस्टलुकमा रीश्मा र अर्का अभिनेता दयाहाङ राइलाई देखाइएको छ । फस्ट लुकमा दुबैको उमेर केही पाको देखाइएको छ ।
फिल्ममा मलिना जोशी, भोलाराज सापकोटा पनि छन् । दाङको परिवेशलाई नेपाली लयमा उतारिएको निर्देशक अपिलको भनाई छ ।
फिल्मको प्रदर्शन भदौ ९ गतेबाट गर्ने तयारी भैरहेको छ, तर पक्का गरिएको छैन । फिल्ममा रामबाबु गुरुङको कथा छ भने शैलेन्द्रध्वज कार्कीले फिल्म खिचेका हुन् ।
For More videos Log on to Mazzako TV