रजनी केसीसँग रजनीकै भिडन्त हुने
अभिनेत्री रजनी केसीका लागि नयाँ बर्ष सुखद र दुखद दुबै हुने संकेत देखिएको छ । फिल्म रिलिजको क्यालेन्डरलाई हेर्ने हो भने रजनीका लागि सुखद यसअर्थमा छ कि, भदौमा उनी अभिनित २ फिल्म रिलिज हुने भएका छन् । उनै रजनीका लागि दुखद कुरा के छ भने उनी अभिनित दुई फिल्म एउटै दिन रिलिज हुने भएका छन् ।
फिल्म ‘लालजोडी’ले भदौ १७ लाई प्रदर्शन मिति तोकेको छ । संचारकर्मी लक्ष्मण सुवेदी निर्देशित यो फिल्ममा ज्योती काफ्ले र रजनी केसी मुख्य भूमिकामा छन् । यही मितिमा निर्मल शर्माले निर्देशन गरेको फिल्म ‘ब्रासलेट’ पनि रिलिज हुने भएको छ । फिल्ममा रमेश उप्रेती, रजनी केसी, नम्रता सापकोटा मुख्य भूमिकामा छन् ।
एकसाथ दुई फिल्म प्रदर्शनमा आउादा रजनीलाई घाटा त पक्कै लाग्नेछ । जसरी चैत्र ५ गते अभिनेता सविन श्रेष्ठ अभिनित फिल्म ‘भाग् सानी भाग् र लक्ष्य’ एकसाथ रिलिज हुँदा उनलाई लागिरहेको छ ।
For More videos Log on to Mazzako TV