आयो होली…., सौगात, मलिना र अशिष्मासँग खेलौं मन खोली (भिडियो)
फिल्म ‘संरक्षण’मा समावेश होली गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शन भन्दा करिब ६ महिना अगाडि नै गीत रिलिज गरिएको हो । फागू पूर्णिमा नजिक आउँदै गरेकाले पनि गीत सान्दर्भिक भएर सार्वजनिक गरिएको निर्माता प्रदिप कुमार उदयको भनाई छ ।
नेहा प्रियादर्शन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द, प्रवेश मल्लिककै संगीत रहेको यो गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, अशिष्मा नकर्मी र मलिना जोशीले दिल खोलेर होली खेलेका छन् । यो गीतलाई नेपाली र हिन्दी भाषामा मिश्रण गरेर बनाइएको छ । फिल्मका मुख्य कलाकार निखिल उप्रेती भने गीतमा देखिएका छैनन् ।
पुरुषोत्तम प्रधानले खिचेको फिल्मको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन छ । प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव, स्वेता शाह यसका निर्माता हुन् । फिल्ममा पुर्रनेन्दु झाको निर्देशन छ । फिल्मले राजनीति र शक्तिको बिषयलाई उठान गरेको छ ।
For More videos Log on to Mazzako TV