देउवा निवासमा कलाकारको टोली, देउवाले भने ‘तपाईहरुको लागि सबै गर्छु’
नेपाली काङ्ग्रेसका नव निर्वाचित सभापति शेर बहादुर देउवालाई कलाकारहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । देउवालाई शुभकामना दिन कलाकारहरुको जम्बो टोली नै उनको निवासमा पुगेको थियो । चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईको संयोजकत्वमा बुढानिलकण्ठ स्थित देउवा निवासमा विहिबार विहानै पुगेको कलाकारको टोली सामु देउवाले कलाकारको लागि सक्ने जति गर्ने प्रतिबदता ब्यक्त गरे ।

नवनिर्वाचित सभापति देउवाले सिनेमा क्षेत्रको हक र हितको लागि चाहिने सहयोग गर्ने बताए । ‘म कलाकारहरु सबैलाई चिन्छु’, उनले भने ‘के चाहिन्छ भन्नुस्, सक्ने जति सबै गर्छु ‘ । पार्टी सभापति शेर बहादुर देउवाको निवासपछि फिल्मकर्मीको जम्बो टोली महामन्त्री पदका विजयी शशाकं कोइराला र केन्द्रिय सदस्य पदमा विजयी डा.मिनेन्द्र रिजालको निवासमा बधाई तथा शुभकामना दिन पुगेको थियो ।


विकास वोर्ड अध्यक्ष राईको संयोजकत्वमा वरिष्ठ फिल्मकर्मी नीर शाह, कलाकार संघका अध्यक्ष राम केशर बोगटी, महासचिव सरिता लामिछाने, निर्देशक आकाश अधिकारी, ऋषि लामिछाने, निर्माता राजेश घतानी काङ्ग्रेसका विजयी पदाधिकारीलाई शुभकामना दिन पुगेका थिए । यस्तै नायिकाहरु झरना थापा, दिपाश्री निरौला, रुपा राना, मेलिना मानन्धर, नन्दिता केसी पनि उक्त टोलीमा सहभागी थिए ।


For More videos Log on to Mazzako TV








