कहिलेसम्म खोज्ने हिरो ?
अहिले अभिनेत्री झरना थापालाई फिल्म बनाउनु, चलाउनुको बारेमा कुनै सोच नै आएको छैन । दिमागमा चासो छ त मात्र, हिरो को लिने ?
फिल्म ‘ए मेरो हजुर २’ बाट फिल्म निर्देशनमा डेब्यू गर्न लागेकी झरनाले अभिनेताको खोजी गरेको लामै समय भैसकेको छ ।
तर, उनले खोजे जस्तो अभिनेता नै पाएकी छैनन् । यतिसम्मकी, उनलाई अभिनेता र अभिनेत्री चाहियो भनेर मिडियामा समाचार नै आएका थिए । तर, पनि उनले अभिनेता भने पाउन सकेकी छैनन् ।
झरना कुनै समय अनमोल केसीलाई फिल्ममा लिन पर्खेर बसेकी थिइन् । तर, अनमोल र उनको कुरा मिलेन । फिल्म कहिलेदेखि छायांकनमा जान्छ भन्ने प्रश्नमा, झरनाको जवाफ एउटै हुन्छ, हिरो नै पाएको छैन ।
For More videos Log on to Mazzako TV