केही हप्ता अगाडि मात्र जय नेपाल हलमा अंगालोमा कसिदै तस्बिर खिचाएर चर्चा बटुलेका निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाको आज काठमाण्डौमा आयोजना भएको एउटा कार्यक्रममा भने अनौठो दृश्य देखियो ।

Rekha Thapa 1

जब फोटोग्राफरले रेखासँग तस्बिर खिच्नका लागि छविलाई आग्रह गरे, उनले मानेनन् । ‘म रेखासँग तस्बिर खिच्दै खिच्दिन’ भन्दै छवि तर्किए । तर, पनि फोटो पत्रकारले उनलाई आग्रह गरिरहे । छविले रेखासँग त परको कुरा, आफ्नै तस्बिर खिच्न पनि दिएनन् । मज्जाको अनलाइनको क्यामेराले तस्बिर खिच्न खोज्दा छविले हातले छेकिदिए र तस्बिर नखिच्ने बताए ।

Chhabi Raj Ojha 1

आखिर निर्माता छविराज ओझालाई त्यस्तो के भएको थियो, जसले रेखासँग तस्बिर खिचाउन नै मानेनन् । रेखा र छविको कुरा वुझ्न धेरैले सक्दैनन् । झन्, आज छविले रेखासँग तस्बिर खिचाउन नमानेर अनौठो तरिका अपनाए । तर, रमाईलो कुरा चाहि के छ भने फोटो खिच्न नमानेका छवि ओझाले कार्यक्रम स्थलमा आएर कफी खाँदै १ घण्टा जति रेखासँग बसेर गोप्य गफगाफ गरेका थिए । गफगाफ चाही ‘एस’ तर फोटो ‘नो’ ? अचम्म छ ।

For More videos Log on to Mazzako TV