सुस्ताइन् कि के भयो अशिष्मालाई ?
जतिबेला फिल्म ‘अन्तराल’बाट नेपाली फिल्ममा अभिनेत्री अशिष्मा नकर्मी डेब्यू गर्दै थिइन्, उनको चर्चा यसरी भयो कि मानौ अब उनले नै फिल्म क्षेत्र खर्लप्पै खान्छिन् । अशिष्मा समाचारमा राम्रैसँग छाइन् ।
तर, अहिले अशिष्मा विस्तारै सुस्ताएकी छिन् । फिल्म ‘अधकट्टी’मा समावेश ‘कोकाकोला फिगर’ बोलको गीतले उनलाई उचाई दिएपनि फिल्म चलेन ।
अशिष्मा अहिले सुस्ताए झै भएकी छिन् । हुनत, अशिष्माले काम भने गरेकी छन् नै । तर, ग्ल्यामर क्षेत्रमा केही दिन मिडियामा नआउँदा पनि दर्शकलाई सुस्ताए झै लाग्छ । अशिष्मा आफ्नो गतबर्ष फिल्म नआउनु नै यसको कारण मान्छिन् । आफूले काम भने खुबै गरेको ‘कोकाकोला फिगर’ अभिनेत्रीको भनाई छ ।
For More videos Log on to Mazzako TV