संसारभर ६० वटा देशमा रहेको अन्तर्राष्टिय नेपाली कलाकार समाज (INAS) को नेपाल शाखाको कार्यलय समुद्घाट्न गरिएको छ । चर्चित कलाकार मुरलीधरको प्रमुख आतिथ्यतामा मंगलबार राजधानीको अनामनगरमा इनासको कार्यलय समुद्घाटन गरियो ।

Inas 1

पाँच बर्ष अघि स्थापना भएको यो संस्थाको नेपाल कार्यलय ओपनिङ्गमा ग्लोबल सल्लाहकार लक्ष्मण लम्साल, ग्लोबल कोषाध्यक्ष राधी क्षेत्री, युरोप संयोजक अर्जुन काफ्ले, नेपाल सल्लाहकार निता श्रेष्ठ लगायत अतिथिहरुको उपस्थिति थियो ।

Inas 3

विशुद्धरुपमा नेपाली कला, संस्कृतिको संरक्षण र सम्बर्धनको लागि विश्वभरि नै काम गर्दै आएको यो संस्थाले केही समय अघि नेपालमा भब्य इनास अवार्ड गरेर निकै प्रशसा कमाएको थियो । नेपालमा शाखा कार्यलय स्थापना गरेसँगै अब झनै सक्रिय भएर नेपालमा पनि यसका गतिविधिहरु अगाडी बढाउने नेपाल च्याप्टरका अध्यक्ष प्रकास सुवेदीले बताए । ‘आगामी दिनमा नेपालमा भब्य कार्यक्रमहरु कस्ले गर्यो त भन्दा त्यो इनास हुनेछ’, सुवेदीले भने, ‘विभिन्न संघसंस्थाहरुसँग कोलाब्रेट गरेर हामी नेपाली कला संस्कृतिलाई उजागर गर्ने किसिमका भब्य कार्यक्रमहरु गर्नेछौं ।’

Inas 2

कार्यक्रममा इनास नेपाल शाखाका उपाध्यक्ष रुपा राना, कृष्ण भक्त महर्जन, सचिव राजेश घतानी, कोषध्यक्ष आकाश बाबु खवास, सदस्यहरु बाबु बोगटी, दिनेश सिटौला, रिचा शर्मा, सुवास कार्की, इन्दु सुब्बा लगायतको उपस्थ्तिी रहेको थियो ।

कार्यक्रमको थप तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोला – इनास एल्बम

 

For More videos Log on to Mazzako TV