हिरो त गजब पाउँछिन् नीशाले (भिडियो)
धेरै अभिनेत्री आफ्नो सहकर्मी अभिनेता चलेको होस् भन्ने चाहन्छन् । तर, धेरैको त करिअर भरी नै चलेका अभिनेतासँग काम गर्ने सपना पुरा हुँदैन । तर, कतिपय अभिनेत्री भने गतिला र चलेका अभिनेता पाउँदा पनि खासै चर्चामा हुँदैनन् ।
अभिनेत्री नीशा अधिकारी भने एक यस्ती भाग्यमानी अभिनेत्री हुन् जसले चलेका सबैजसो अभिनेतासँग काम गरेकी छिन् । अभिनेता आर्यन सिग्देलसँग उनले अभिनय गरेको फिल्म ‘फस्ट लभ’ हिट भयो भने ‘धुवाँ यो नशा’ असफल भयो । अभिनेता विराज भट्टसँग त निशाले करिअरको दोश्रो फिल्म ‘नैना रेशम’ नै गरिन् । निखिल उप्रेतीसँग फिल्म ‘लुटेरा’मा काम गरिसकेकी छिन् ।
अब फेरि निशा फिल्म ‘पर्शुराम’मा विराजसँग देखिदैछिन् । निशाले चलेका सबैजसो अभिनेतासँग काम गरेपनि सफल भएको पाइदैन । करिअरको यो मोडसम्म आइपुग्दा निशाको भागमा चलेका अभिनेता आएका छन् तर निशालाई भने खासै फाइदा भएको छैन । अब पुन: एकपटक बिराजसँगको उनको पेयरिङ्गले कस्तो नतिजा ल्याउने हो हेर्न बाँकी छ ।