रेखा थापा नेपाली फिल्म क्षेत्रकी एक मात्र यस्ती अभिनेत्री हुन्, जसको नाम र अनुहारले नै फिल्म बिक्छ । रेखालाई फिल्म नगरिमा हिरोइन नभनेर हिरो भनिन्छ । किनकी, रेखाका फिल्म कुनै अभिनेताका भन्दा कम हुFदैनन् ।
reha thapa in rampyari movie
फिल्म रामप्यारीको ट्रेलरमा फेरि रेखाले यही कुरा प्रमाणित गर्न खोजेकी छिन् । फिल्मको यो ट्रेलरमा रेखाले बाइक उडाएकी छिन्, फाइट हानेकी छिन् अनी मजदुरको पक्षमा आवाज उठाएकी छिन् । यसैले पनि रेखाका फिल्म दर्शकका लागि सधै प्रतिक्षामा हुन्छन् ।

सविर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा रेखाका अलवा सविन श्रेष्ठ, आश्मा डीसी र रेखाकै भतिज आभाष अधिकारीले काम गरेका छन् । फिल्म चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV