अनमोलका अगाडि भूवन फिक्का ?
कुनै समयमा चर्चित अभिनेता भूवन केसी अब पाको भएछन् । एक समय भूवन भनेपछि पछि लाग्ने यूवतीहरु अब उनकै छोरा अनमोल केसीको पछि लाग्न थालेका छन् । यस्तै देखियो काठमाण्डौका केही हलमा भूवन र अनमोल एकसाथ पुग्दा ।
अनमोल हलमा पुग्दा यूवायूवती यसरी उर्लिए कि सबै जना उनको पछि देखिए । एकसाथ पुगेका अभिनेता भूवन केसीलाई फ्यानले खासै पछ्याएनन् । हुनत, हरेक क्षेत्रमा जेनेरेशन परिवर्तन हुन्छन् । अहिलेको जेनेरेशन जसरी अनमोलको पछि लागेको छ भूवनका फ्यान पनि यसरी नै उनलाई हेर्न आतुर हुन्थे, तर त्यो इतिहास भईसक्यो । अब पालो अनमोलको आएको छ ।
काठमाण्डौको गोपिकृष्ण हलमा अनमोलको जुन क्रेज देखियो, यसलाई हेर्दा के लाग्छ भने अनमोलको अगाडि अब भूवन पनि फिक्का हुन थालेछन् ।