एक दिनमै ‘ड्रिम्स’को कमाई १ करोड माथि
बलिउडका केही फिल्मले नेपाली बक्स अफिसमा एक दिनमै १ करोड कमाएका थिए । तर, नेपाली फिल्मले पनि एक दिनमा १ करोडको कमाई गर्यो भन्दा पत्याउन गाह्रो पर्छ ।
तर, बलिउडका कलाकारको लेवलमा दर्शक तानेका छन्, नेपाली अभिनेता अनमोल केसीले । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ड्रिम्स’ले शनिबार देशभरका हलबाट १ करोड माथिको व्यापार गरेको छ । हुनत, वितरक गोविन्द शाहीले शनिबार १ करोड ३५ लाख माथिको व्यापारको दाबी गरेका छन् ।
तर, शनिबार फिल्मले काठमाण्डौ बाहिर ४५ लाख कलेक्शन गरेको छ । काठमाण्डौको गोपकृष्ण हल बाहेक फिल्मको व्यापार ४५ लाख छ । यसरी हेर्दा गोपिकृष्ण बाहेक फिल्मले देशभरबाट ९० लाखको ग्रस कलेक्शन गरेको छ ।
गोपिकृष्णमा १५ लाखको व्यापार भएको बताइएको छ । यसरी हेर्दा, अनमोल केसी र साम्राज्ञीराज्य लक्ष्मीको मुख्य भूमिका रहेको यो फिल्मले देशभरबाट शनिबार १ करोड ५ लाख कमाएको छ । शुक्रबार काठमाण्डौबाट करिब ४० लाख र काठमाण्डौ बाहिरबाट २६ लाखको व्यापार फिल्मले गरेको छ । दुई दिनमा फिल्मको व्यापार १ करोड ७१ लाख पुगेको छ ।
यो नेपाली फिल्मको आज सम्मकै उच्च कलेक्शन हो । सोमबारबाट वुधबारसम्म ३ दिन बिदा भएकाले पनि फिल्मको कलेक्शन फेरि उच्च हुने पक्का छ ।