रेखासँग इन्ट्री मारेका यी हिरो असफल
नेपाली फिल्म क्षेत्रमा धेरै कलाकारको जन्म अभिनेत्री रेखा थापासँग भएको छ । रेखाको फिल्मबाट डेब्यू गरेका केही कलाकार चम्किए त केही जमेनन् । अभिनेता आर्यन सिग्देल, सविन श्रेष्ठ जस्ता अभिनेताहरु अहिले चम्किरहेका छन् ।
अभिनेता आयुष रिजालले फिल्म ‘हिफाजत’बाट यो क्षेत्रमा डेब्यू गरे । उनले रेखासँग फिल्म त खेले, तर चलेनन् । केही बर्ष राम्रै जमेका आयुषले आफूलाई मेन्टेन गर्न नसक्दा उनको करिअर उचो भएन ।
फिल्म ‘हमेशा’बाट उदाएका थिए कलाकार नरेन खड्का । नरेन खड्काको करिअर पनि सोचे जस्तो सफल भएको छैन । रेखा थापासँग फिल्म खेलेपनि उनी सफल भएनन् । तर, ‘हमेशा’ले राम्रै व्यापार गरेको थियो । अहिले अभिनेत्री रेखा थापा फिल्म क्षेत्रमा राज गरेर बसेकी छिन् । रेखाको फिल्मी करिअर उचाइमा पुग्दा आयुष र नरेन सफल भएनन् । फिल्म अन्दाजले सविन श्रेष्ठको करिअरलाई व्यस्त बनायो भने ‘किस्मत’ले आर्यनको किस्मत चम्काएको थियो ।
अहिले पनि अभिनेत्री रेखा थापा नयाँ अभिनेतालाई फिल्ममा ल्याउन अगाडी सरेकी छिन् । उनले फिल्म ‘हिम्मतवाली’बाट सुदर्शन गौतमलाई यो क्षेत्रमा ल्याइन् । सुदर्शन फिल्म चल्दा चम्किए तर अहिले सुनसान छन् । सुर्दशन अब आफ्नै निर्माणमा ‘हिम्मतवाला’ नामको चलचित्र बनाउने तयारीमा रहेका हल्ला बजारमा छ ।
अब भने रेखाले फिल्म ‘रामप्यारी’बाट उनको दिदीको छोरा आभाष अधिकारीलाई भित्र्याउदैछिन्। अब हेर्न बाँकी यो छ कि आभाषको फिल्मी करियर कस्तो हुने हो ?
Watch Mazzako Interview with Rekha Thapa