प्रहरीको स्कर्टिङ्गमा बडिगार्डहरु सहित जब हलमा पुगे अनमोल (फोटो फिचर)
पछिल्लो समय नेपाली सिने नगरीमा ‘स्टार भ्यालु’ र ‘स्टार पावर’ कस्तो हुन्छ भन्ने जान्न अनमोल केसीलाई हेरे पुग्छ । चलचित्र ‘ड्रिम्स’को बम्पर ओपनिङ्गसँगै उत्साहित भएका अनमोलले शनिवार राजधानीका केही हलहरुमा पुगेर दर्शकको प्रतिक्रिया लिएका छन् । उनी हलमा जादाँ पनि फिल्मी शैलीमा नै आफ्नो ‘स्टार पावर’लाई शो गरे । ‘पब्लिक प्लेस’मा उनको इन्ट्री बलिउडका साहरुख सलमानको भन्दा कम लाग्दैनथ्यो ।
करिब ११ बजेतिर अनमोल र भुवन सहितको टोली गोपीकृष्ण मुभिजमा पुगेका थिए, जहाँ निकै रोचक दृश्य देखियो । सिनेमा हलमा पहिले पुग्यो पुलिसको गाडी, त्यसपछि भुवन केसी चढेको गाडी अनि त्यसपछि लगातार दुईवटा गाडीको इन्ट्री, जसमध्ये निकै स्ट्यान्डर्ड कालो गाडीबाट टक्क उत्रिए अनमोल । त्यसपछि त के चाहियो र एकै क्षणमा भीडले उनलाई घेरी हाल्यो । प्रहरी र उनका पर्सनल चारजना बडिगार्डलाई पनि भीड पन्छाउन मुश्किल परेको थियो ।
विशेषत किशोरीहरुको ‘अनमोल आई लभ यु’, ‘आई एम डाई«ङ्ग फर यु’ जस्ता चिच्याहट सुन्दा उनी साच्चै स्टार हुन भन्ने कुरा पुष्टि भएको छ । अत्याधिक भीडको कारणले गर्दा अनमोल र उनको समुह गोपीकृष्ण हल परिसरमा मुश्किलले १० मिनेट मात्र बसे । त्यसपछि अष्टनारायण हलमा पुग्दा त्यहाँ पनि उनको उस्तै क्रेज देखियो ।
चलिरहेको सिनेमा बिचैमा रोकेर दर्शकले अनमोलसँग सेल्फी खिच्न तछाड मछाड गरेको गरेको दृश्य निकै रोचक लाग्थ्यो । अनमोलले हल भिजिट गरिरहदाँ गोपीकृष्णको चार र अष्टनारायणको तीनवटा हलमा हाउसफुल भएको थियो ।
दर्शकको माया र साथले दंग देखिएका अनमोलले पनि सिनेमा हलमा दर्शकसँग सामुहिक सेल्फी खिचाए ।
प्रहरीको स्कर्टिङ्गमा चार जना पर्सनल बर्डिगार्ड सहित अनमोल सिनेमा हलमा पुग्दा देखिएको मज्जाको दृश्यसहितको भिडियो केही क्षणमा मज्जाको टिभी(Mazzako TV) मा आउदैछ । प्रतिक्षा गर्नुहोला ।
Watch Video here :-
शब्द /तस्वीर -अर्जुन के आर
For More videos Log on to Mazzako TV