फिल्म हिट भएपछि निर्माताले राम्रै रकम कमाउँछन् । फिल्म हिटको सर्वाधिक ठूलो क्रेडिट लिने काम कलाकारले गर्छन् । फिल्म चल्दा कलाकार चल्ने र नचल्दा कलाकार नचल्ने देखिएको छ । विश्व बजारमै यही फर्मुला देखिन्छ ।

Shilpa Pokhrel

तर, कहिलेकाही कलाकार के कारणले चले भन्ने पनि हेर्न जरुरी छ । गतबर्ष रिलिज भएका २ फिल्म ‘लज्जा’ र ‘हवल्दार सुन्तली’ हिट भएपछि अभिनेत्री शिल्पा पोख्रेल फिल्म क्षेत्रमा जमेको चर्चा गरिएको थियो । शिल्पाले अब शिर्ष स्थान लिन्छिन् भन्ने चर्चा भयो ।

यो बर्ष उनी अभिनित एउटा मात्र फिल्म रिलिज भयो, ‘फागु’ । तर, फागूले अपेक्षित व्यापार गरेन । किनकी, ‘फागु’को ओपनिङ गतिलो भएन । फिल्मको सुरुवाती व्यापारका लागि कलाकारलाई महत्वपूर्ण आधार मानिन्छ ।

Chhabi and Silpa

निर्माता छविराज ओझाको ब्यानरमा २ फिल्म हिट दिएकी शिल्पा अभिनेत्री करिश्मा मानन्धरसम्म आइपुग्दा सफल भइनन् । फिल्म नगरीमा अहिले शिल्पा छविका कारण चलिन् कि आफ्नै बुताले चलिन् भन्ने चर्चा चलेको छ ।

तर, ‘फागु’को व्यापार हेर्दा शिल्पा होइन छवि हिट भएको देखिन्छ ।

For More videos Log on to Mazzako TV