प्रसंसनिय काम : क्यान्सर पिडित बालिकालाई सानीको सहयोग
चलचित्र ‘भाग सानी भाग’ युनिटले क्यान्सर पिडित बालिकालाई आर्थिक सहयोग गरेको छ । आज राजधानीको रिपोर्टस क्लबमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा युनिटले क्यान्सर पिडित बालिका रेजीना पौडेललाई आर्थिक सहयोग गरेको हो । सिनेमा युनिटले १ लाख ६२ हजार २ सय पन्ध्र रुपैयाँ नगद सहयोग गरेको छ ।
सिनेमाको अष्टेलिया प्रिमियरबाट उठेको रकममध्येबाट क्यान्सर पिडित बालिकाको उपचारको लागि केही सहयोग गर्न पाउदाँ खुशी लागेको चलचित्रका प्रस्तुतकर्ता चेतन सापकोटाले बताए । नायिका केकी अधिकारीले मनोबल उच्च बनाए क्यान्सरलाई सजिलै जित्न सकिने बताईन् साथै मनकारी ब्यक्तिहरुलाई बालिकाको उपचारमा सहयोगको लागि अनुरोध समेत गरिन् ।
बीएनबी अस्पतालमा उपचाररत क्यान्सर पिडित बालिकाको परिवारले १ लाख ६२ हजार २ सय पन्ध्र रुपैयाँ रकम बराबरको चेक सञ्चारकर्मी माझ बुझेका छन् । बालिकाको उपचारमा पाँच लाख जति खर्च भईसकेको र अझै पाँच लाख हाराहारीमा खर्च लाग्ने बालिकाका अभिभावकले जानकारी गराए ।
For More videos Log on to Mazzako TV