अभिनेत्री संचिता लुइटेल अभिनित फिल्म ‘नाई नभन्नु ल ३’ हिट भएपनि उनको करिअर खासै चम्किएको छैन । sanchita-aunty
सामान्य फिल्म खेल्नु बाहेक उनको जीवन घरयासी व्यस्ततामै वितिरहेको छ । अब, संचिताले एक फिल्म साइन गरेकी छिन् । उनले साइन गरेको फिल्मको नाम ‘वन्ठे’ राखिएको छ ।

वन्ठेको मुहुर्त समेत भैसकेको छ भने शनिबारबाट छायांकन सुरु हुनेछ । भोमन कटुवालको निर्देशनमा बन्ने यो फिल्मले माझी समुदायको कथालाई उठाएको छ । अनुहार बिग्रिएको व्यक्तिलाई माझी समुदायमा ‘वन्ठे’ भनिन्छ ।

फिल्ममा उनको साथमा उमेश सिवाकोटी, मनिष भण्डारी, परी शाक्य, किरण कुावर मुख्य भूमिकामा छन् । फिल्मलाई युवी फिल्मस्को ब्यानरमा निर्माण गरिनेछ ।

For More videos Log on to Mazzako TV