अब ‘धुर्मुस-सुन्तली’ बने ‘पञ्चरत्ने र पार्वती’
हाँस्य कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नयाँ रुपमा प्रस्तुत हुने भएका छन् ।
छोटो चलचित्र ‘ज्योति’मा पञ्चरत्ने र पार्बतीको भूमिकामा उनीहरु प्रस्तुत भएका छन् । बालमैत्री समाजको महत्व र आवश्यकता औल्याउने सर्ट मुभि ‘ज्योति’को अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायाँकन भइरहेको छ ।
यसको कथा सिताराम कट्टेल र दीपक आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद आचार्यकै छ ।
‘ज्योति’मा धुर्मुस सुन्तलीसँगै संगम विष्ट, यमन श्रेष्ठ, दीपक आचार्य, अविरल अधिकारी, सुरेश थापा, जानुका पौडेल केसी, सुरविर पण्डित, विपना शर्मा मुख्य भूमिकामा छन् ।
For More videos Log on to Mazzako TV